आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोसाक लगाउन निर्देशन दिएको छ ।

विमानस्थलमा यात्रुको लगेज ओसारपसारमा कार्यरतलाई खल्ती नभएको लुगा लगाउनुपर्ने नियम बनाइएको हो । यात्रुहरूको लगेज फुटेको तथा यात्रुका सामान चोरीका गुनासाहरू व्यापक आउन थालेपछि यस्तो व्यवस्था गर्नुपरेको निगमले जनाएको छ ।

‘चोरी भयो भनेर कहिले कहीँ कुराहरू आउँछन्, त्यस्तो नहोस् आरोप नआओस् भनेर पकेट लेस युनिफर्मको व्यवस्था गर्न लागिएको हो, यो काम आरए (नेपाल एयरलाइन्स)ले गर्छ’ त्यस्तै, ब्यागेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन लगाइएको निगमले जानकारी दिएको छ ।

ब्यागेज ओसारपसार गर्ने ट्रलीमा बार तथा चेन लगाइएको छ भने लगेज सुरक्षासम्बन्धी कर्मचारी खटाइनुका साथै वर्षाको पानीले ब्यागेज भिज्नबाट बचाउन ब्यागेज ट्रलीमा छाना व्यवस्था गरिएको छ । त्यस्तै ब्यागेजसम्बन्धी गुनासो सुनुवाइका लागि विमानसथलमास्थित ब्यागेज ह्याण्डलिङ युनिटलाई २४ घण्टा नै क्रियाशील गराइएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया