आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निष्कासन जानकारी संघीय संसद् सचिवालयलाई दिएको छ । बिहीबार रास्वपाले संघीय संसद् सचिवालयमा पत्र दर्ता गराएको हो ।

पत्रमा श्रेष्ठलाई पार्टीको विधानअनुसार केन्द्रीय समितिको बैठकले कारबाही गरेको उल्लेख छ । उनको स्थानमा सांसद पद रिक्त हुने भएकाले कानुनबमोजिम पदपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ । रास्वपाले बुधबार ढाकाकुमारलाई पार्टीबाट निष्कासन गरेको थियो । उनीमाथि व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको आरोप लागेको छ ।

पद खारेज भइसकेको छैन
ढाकाकुमारले भने आफ्नो सांसद पद खारेज भइनसकेको जिकिर गरेका छन् । कानुन व्यवसायीसँगको परामर्शपछि उनले भने, ‘पार्टीले सदस्यबाट निष्कासन गरेकोलाई संविधान र कानुनले सांसद पद रिक्तताको व्यवस्थामा राखेको छैन । त्यो हिसाबले हेर्दा मेरो सांसद पद प्रक्रियागत तरिकाले गएको रहेनछ । प्रक्रियागत त्रुटि पार्टीमा धेरै भएको रहेछ । जुन म बोल्दै आएको थिए । अब कारबाही गरिसक्यो । मेरो सांसद पद खारेज भइसकेको छैन ।’

तपाईको प्रतिक्रिया