आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । दोस्रो चरणको निर्वाचन नगरिकन सहमतिबाटै उनी वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन् । श्रेष्ठलाई अर्का उम्मेदवार उमेशलाई श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा समर्थन गरेपछि अञ्जन उपाध्यक्ष भएका हुन् ।

यसअघि महासंघको साधारणसभाअन्तर्गत भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका ३ जना उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि सबैभन्दा कम मत ल्याउन रामचन्द्र सांघाई बाहिरिएका थिए । त्यसपछि अञ्जन र उमेशलालबीच एकलाई चयन गर्न निर्वाचन गर्ने तयारी भएको थियो । तर, सहमतिमै बरिष्ठ उपाध्यक्ष चयन भएको हो ।

अन्जन पोखराबाट अघि बढेका व्यावसायिक घराना लक्ष्मी ग्रुपका सदस्य हुन् । परिवारले सञ्चालन गरेको सानो मिठाइ व्यापारबाट अघि बढेको उनको व्यावसयिक यात्रा अहिले धेरै क्षेत्रमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया