आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – व्यसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको टेलिफोन अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफू निर्दोश रहेको बताएका छन् । पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो बताएका हुन् ।

उनले अफ्नो आवाज भन्दै प्रसारण गरिएको उक्त अडिओले आफ्नो मानहानी गरेको भन्दै उनले आफू अदालत गएको बताएका छन् । यसको निष्पक्ष छानविनका लागि अदालत गएको र अदालतबाट क्लिन चिट ल्याएर आफूले फेरि पत्रकार सम्मेलन गरी आफूलाई निर्दोष प्रमाणित गर्ने उनले बताका छन् ।

तपाईको प्रतिक्रिया