Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – अब वैशाख १ गतेदेखि बैंकहरुले निक्षेपको ब्याजदर एकल विन्दुमा झार्ने भएका छन् । वैशाखदेखि लिने निक्षेपमा अब १० प्रतिशतभन्दा तल हुने भएको छ । निक्षेपको ब्याज घटेपछि अब कर्जामा पनि क्रमशः ब्याजदर घट्दै जानेछ । नेपाल बैंकर्स संघको बुधबार बिहान बसेको बैठकले १ बैशाखदेखि लागू हुने निक्षेपको ब्याजदर १० प्रतिशत भन्दा तल नै कायम गरिने निर्णय गरिएको हो। वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९% र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९% कायम गर्ने निर्णय भएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए ।

पछिल्लो समय बैंकहरुको ब्याजदर उच्च भएको भन्दै त्यसको विरोध हुँदै आएको थियो । ब्याजदर अचाक्ली महँगो भएपछि लामो समयदेखि अर्थतन्त्रमा मन्दी छाएको छ । नयाँ लगानी हुन सकेको छैन । ऋणीहरु पनि प्रताडित भइरहेका छन् । कर्जा प्रवाह हुन सकेको छैन । निक्षेप बढे पनि कर्जा प्रवाह हु्न नसकेपछि ब्याजदर घटाउने निर्णयमा बैंकर्स संघ पुगेको हो ।

ब्याजदर घटाउनका लागि सरकारले पनि पहल गर्यो । प्रधानमन्त्री, अर्थमन्त्रीले पनि यसबीचमा ठोस पहल गरे । यता, राष्ट्र बैंकका गभर्नर पनि बैंकिङ क्षेत्र सुरक्षित रहेको र अब विस्तारै ब्याजदर घट्ने बताए । यही परिपेक्ष्यमा बुधबार बिहान बैंकर्स संघको बैठक बसेर निक्षेप को ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेको हो । अब क्रमशः कर्जाको ब्याजदर पनि घट्नेछ ।

तपाईको प्रतिक्रिया