Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – आफ्ना निलम्बित सांसद ढाकाकुमार श्रेष्ठ र व्यवसायी दुर्गा प्रसाईंबीचको अडियो संवादबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक आज बस्दैछ । अडियो सार्वजनिकपछि रास्वपा अध्यक्ष रवि लामिछानेले यसबारे छानबिन गरेर ७२ घण्टाभित्र सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका थिए । उक्त प्रतिबद्धताको समयसीमा आज सकिनै लाग्दा अनुशासन आयोगको बैठक बस्न लागेको हो ।

बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालय, वसुन्धारामा बस्ने तय छ । रास्वपाका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई स्वास्थ्य मन्त्री बनाउने निश्चित गरेको तर त्यसको लागि दुई करोड माग भएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग रकम माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिक भएलगत्तै रास्वपाले ढाकाकुमारलाई सांसद् र साधारण सदस्यबाट समेत निलम्बन गरेको छ । तर सांसद ढाकाकुमारले भने उक्त अडियो आफ्नो नभएर फेक भएको दाबी गर्दै आएका छन् । यहीबीच ढाकाकुमारसँग जोडिएको अर्को दोस्रो अडियो पनि सार्वजनिक भएको छ । जसमा ढाकाकुमारका भाइ बताउने व्यक्तिले दुर्गा प्रसाईसँग दाइलाई बचाउन सहयोगको याचना गरेको सुन्न सकिन्छ । यद्यपि, पहिलो अडियोजस्तै यसको पनि आधिकारिकता पुष्टि हुन बाँकी छ ।

 

तपाईको प्रतिक्रिया