समाचार सुन्नुहोस् :
काठमाडौं – साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ५.५४ अंकले बढेर १८४४.०४ बिन्दुमा पुगेको हो । सोमबार नेप्सेमा कुल २६१ कम्पनीको २९ लाख ६० हजार ८ सय ६३ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोडमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ६ करोड ७८ लाख ५५ हजार ७ सय ४२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै सोमबारको सेयर बजारमा सानिमा मिडेल तमोर हाइड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा कालिन्चोक दर्शन लिमिटेड, बाराही हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, शुभम् पावर र बुद्धभुमि नेपाल हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् ।