Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् । उनले सामाजिक संजाल फेसबुकम स्टाटस लेख्दै आजबाट सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका हुन् । प्रमुख शाहले नेताहरुप्रति नै व्याङ्ग्य गर्दै साँच्चिकै देश सफा गर्नुपरे सिंहदरबारका नेताहरुलाई नै सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन् ।उनले भनेका छन्, ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ।

प्रमुख शाहको यो घोषणालाई गृहमन्त्रालयले सुकुम्बासी बस्ती हटाउन असहयोग गरेको विषयगँग जोडिएको अनुमान गर्न सकिन्छ । किनकी शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा केन्द्र सरकारबाट महानगरलाई असहयोग गरेको थियो । यसैको बदला स्वरुप प्रमुख शाह यो निर्णयमा पुगेको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया