Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

काठमाडौं – सी जीनपीङको सरकारले चीनका उद्योगपतिहरूमाथि निरन्तर कडाइ गरेपछि उनीहरुले देश छोड्न थालेका छन् । सरकारको निगरानी र कडा सजायबाट बच्न देश छोडेर सिङ्गापुरमा जानेको संख्या बढेको मिडिया रिपोर्टमा सार्बजनिक भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अलजजीराको एक रिपोर्टका अनुसार चीनका धेरै ठूला उद्योगपतिहरूले हालै सिंगापुरको बैंकमा आफ्नो सम्पत्ति हस्तान्तरण गरेका छन् । रिपोर्टका अनुसार चीनबाट हालै बेपत्ता भएका ठूला व्यापारी बाओ फ्यानले पनि सिंगापुरमा सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने प्रक्रिया सुरु गरेका थिए । तर, त्यसअघि नै उनी बेपत्ता भएका थिए ।

विगत केही वर्षहरूमा चीन र हङकङबाट धेरै सम्पत्ति सिंगापुरमा सारिएको रिपोर्टमा उल्लेख छ । एक सम्पत्ति प्रबन्धकले आफ्ना अधिकांश ग्राहक चीनका रहेको बताएका छन् । अधिकांश उद्योगीले आफ्नो आम्दानी सिंगापुर सार्नुको मुख्य कारण सरकारको डर रहेको बताएका छन् ।

पछिल्लो ६ वर्षमा करोडौं डलरको सम्पत्ति अन्य देशबाट सिंगापुरमा सारिएको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार चीनका करिब ६०० धनी परिवारले आफ्नो सम्पत्ति सिंगापुरमा हस्तान्तरण गरेका छन् । योसँगै चीनको सट्टा सिंगापुरमा ५ सय नयाँ व्यवसाय दर्ता भएका छन् । सिङ्गापुरमा चिनियाँ व्यवसायी कम्पनी दर्ता हुनुको सबैभन्दा ठूलो कारण भारत र अन्य देशसँग चीनविरुद्ध बिग्रँदै गएको सम्बन्ध हो । जहाँ चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाइएको छ ।

चीनका जनताका कारण सिंगापुरका जनताले समस्या भोगिरहेका छन् । सिङ्गापुरको समाजमा चिनियाँ धनको यो बृद्धिले त्यहाँका मूल निवासीहरूलाई समस्या निम्त्याउन सक्ने विज्ञहरू विश्वास गर्छन् । चीनलगायत अन्य मुलुकबाट सिङ्गापुर सर्ने भएकाले त्यहाँ मुद्रास्फीति बढेको छ, घरको भाडा पछिल्लो एक बर्षमा मात्र ३३.२ प्रतिशतले बढेको छ । जसका कारण स्थानीय बासिन्दा समस्यामा परेका छन् ।
रिपोर्टका अनुसार २०२२ मा मात्र सिंगापुरमा ४२५ लक्जरी घर बिक्रि भएका छन्, जसका अधिकांश क्रेता चिनियाँ रहेका छन् ।

त्यस्तै सिंगापुरको पर्यटकीय आइल्याण्ड सेन्तोसा आइल्याण्डको गल्फ क्लबको भाडा मात्र २०१९ को तुलनामा डबल भएको छ । यस गल्फ क्लबको विदेशीलाई भाडा ६ लाख ६० हजार डलर पुगेको छ ।

यसैबीच, केही मानिसहरूलाई डर छ कि चीनले यसरी सिंगापुरमा चिनियाँ सम्पत्ति हस्तान्तरणलाई सहने छैन । यसले दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न हुनसक्छ । सिंगापुरमा चिनियाँहरूको आगमन १९औं शताब्दीमा सुरु भएको थियो । सिंगापुरमा बसोबास गर्ने ३.५ मिलियन मानिस चिनियाँ मूलका छन् ।

इकोनोमिक इन्टेलिजेन्स युनिटका अनुसार सिङ्गापुर व्यापारका लागि विश्वकै उत्कृष्ट स्थान हो । तर, यसका कारण चिनियाँ व्यवसायीले सिंगापुरमा व्यापार गरिरहेका छैनन् । वास्तवमा सन् २०२१ मा सी जिनपिङको सरकारले चीनको वित्तीय क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध अनुसन्धान सुरु गरेको थियो । हालसम्म देशका ठूला कम्पनीहरु यो अनुसन्धानको चपेटामा परेका छन् । एक आँकडाका अनुसार चिनियाँ सरकारले पछिल्लो बर्षमा मात्र १०० उच्च तहका व्यवसायी र १० हजार भन्दा बढी तल्लो तहका व्यवसायी, कर्मचारीलाई अनुसन्धानको दयारामा ल्याएर कारवाही गरेको छ ।

आलोचकहरू चिनियाँ राष्ट्रपति जिनपिङले आफ्ना विरोधीहरूविरुद्ध भ्रष्टाचार विरोधी नीतिहरू प्रयोग गरिरहेको विश्वास गर्छन् । चीनको कडा रवैयाबाट बच्न त्यहाँका उद्योगीहरु सिङ्गापुर सरिरहेका छन् ।

तपाईको प्रतिक्रिया