मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले परिर्वतको लोभ देखाएर सामाजिक संरचना भत्काउन खोजेको आरोप लगाएका छन् । पूर्व भ्रमणको क्रममा सोमबार सुनसरीको इटहरीमा पुगेका शाहले नागरिकसँग अभिनन्दन गर्दै पद, पैसा दिएर लोभ्याएको आरोप लगाएका हुन् ।

अभिनन्दनमा उनले स्थायीत्व र स्थितिरता शान्ति, अनुशासन, राज्यको सही पद्धतीबिना हुन नसक्ने टिप्पणी गरेका छन् ।

उनले नेपालको राष्ट्रियता र एकता रक्षा गर्न आवश्यक रहेको बताउँदै राष्ट्रियता, अखण्डता र सार्वभौमिक स्वतन्त्रता जोगाउनुपर्ने बताए ।
यसअघि प्रजातन्त्र दिवसको अवसरमा दलहरूबीच सहकार्यको प्रस्ताव राख्दा उनी निकै आलोचित भएका थिए ।

तपाईको प्रतिक्रिया