Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – एक चिनियाँ महिलाले हालै आफ्नो १० वर्षको श्रीमानलाई माछा मार्ने लतको कारणले सम्बन्ध विच्छेद गरेकी छिन् ।

सानडोङ प्रान्तको जुए काउन्टी पिपुल्स कोर्टमा दायर गरिएको सम्बन्धविच्छेदको मुद्दाका अनुसार झाङ उपनाम भएकी महिलाले आफ्नो पतिको माछा मार्ने लत धेरै भएको दाबी गरिन् ।

उनले घरको सबै काम र उनीहरूका दुई बच्चाहरूको हेरचाह गर्ने तर श्रीमान सधै सोफामा बसेर आफ्नो स्मार्टफोन हेर्ने र हरेक साँझ खानापछि आफ्ना साथीहरूसँग माछा मार्न जाने गरेको दाबी गरिन् ।

‘म हरेक बिहान ६ बजेअघि नै उठेर नास्ता तयार गर्छु। म काममा जानु अघि दुई बच्चाहरूलाई स्कूल पठाउँछु । हरेक दिन भाँडा धुन्छु, घर सफा गर्छु, बालबालिकालाई विद्यालयबाट लैजान्छु र उनीहरुको गृहकार्यमा सघाउँछु म थाकेको छु,’ झाङले आफ्नो अदालतमा बुझाएकी थिइन् ।

बारम्बार माछा मार्ने साथीहरूसँग भन्दा आफू र बच्चाहरूसँग धेरै समय बिताउन आग्रह गर्दा पनि नमानेपछि झाङले सम्बन्धविच्छेद नै एक मात्र विकल्प हो भनेर निर्णय गरिन् ।

तपाईको प्रतिक्रिया