आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – देशभर थप ४२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त भएका छन् । पीसीआर विधिअनुसार देशभर १२३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप ४१ हजार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

तपाईको प्रतिक्रिया