आइतबार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

काठमाडौं – पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का प्रमुख इमरान खानले एक पत्रकार सम्मेलनमा केही व्यक्तिले आफूलाई अदालत परिसरमा मार्न खोजेको आरोप लगाएका छन्। तर, उनले कसैको नाम भने भनेनन् ।सोमबार आयोजित पत्रकार सम्मेलनलाई ‘अदालत परिसरमा बिछ्याइएको मृत्यु जाल’ नाम दिइएको थियो ।

इमरान खानले भने, ‘शनिबार घरबाट निस्कने क्रममा मैले मेरी श्रीमती बुशरा बीबीलाई फोन गरें किनभने मलाई या त गिरफ्तार हुने वा मारिने डर थियो ।उनले अदालतमा पुग्दा सुरक्षा बल बाहेक सलवार कमीज लगाएका धेरै मानिसहरु परिसरमा उपस्थित रहेको आरोप लगाए ।प्रहरीले आफ्ना वकिललाई हातपात गरेको उनको आरोप छ ।उनले पञ्जाबका सीएम मोसिन नक्वीले आफूलाई मार्न खोजेको आरोप लगाएका छन् ।

उनले अप्रिल ३० देखि निर्वाचन हुन लागेको तर देशमा निर्वाचनको वातावरण बनाउन नदिइएको बताए ।उनले भने, “तहरिक-ए-इन्साफ देशमा कोलाहल होइन, चुनाव चाहन्छ।”यसअघि पाकिस्तानको नेशनल एकाउन्टेबिलिटी ब्यूरोले तोशाखाना मुद्दामा इमरान खानकी पत्नी बुशरा बिबीलाई समन पठाएको थियो । उनलाई १५ वटा प्रश्नको उत्तर दिन भनिएको छ ।

 

तपाईको प्रतिक्रिया