Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चालु आर्थिक वर्षको ९ महिनामा अर्थात् चैत मसान्तसम्म नेपालबाट विदेश पढ्न जाने नाममा झण्डै एक खर्ब बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म नेपालबाट विदेश अध्ययन गर्न जानेहरूमार्फत ९५ अर्ब ८५ करोड बाहिरिएको हो ।

सार्वजनिक तथ्यांकअनुसार समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४२.५ प्रतिशतले वृद्धि भई १४३ अर्ब २२ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ९५ अर्ब ८५ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १०० अर्ब ५४ करोड रहेकोमा शिक्षातर्फको व्यय ६७ अर्ब १९ करोडे रहेको थियो ।

९ महिनाको अवधिमा झण्डै साढे ५ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नयाँ तीन लाख २९ हजार ४२२ जना छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख १२ हजार ७२१ जना रहेका छन् ।

यस्तै चैत मसान्तसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । आर्थिक वर्षको सोही अवधिको तुलनाभन्दा रेमिट्यान्स २४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष पनि रेमिट्यान्स आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

तपाईको प्रतिक्रिया