Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडौँ – आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक एक दिवसीय सिरिज अन्र्तगत नेपालले पपुवा न्युगिनी पीएनजीमाथि ऐतिहासिक जित दर्ता गरेको छ ।नेपालले पीएनजीलाई ९ विकेटले हराएर ईतिहास कायम गरेको छ । नेपालले ओडिआईमा पहिलोपटक ९ विकेटको जित दर्ता गरेको हो । यसअघि नेपालले अमेरिकामाथि ८ विकेटको जित दर्ता गरेको थियो ।

जितका लागि पाएको ९६ रनको लक्ष्य नेपालले ७ दशमलब ४ ओभरमा १ विकेटको क्षतीमा पुरा गर्यो । नेपालका लागि आशिफ शेखले ५३,कुशल भुर्तेलले ३३, कुशल मल्लले १२ रनको योगदान गरे ।पीएनजीका चोड सोपरले १ विकेट हात पारे ।यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस टस हारेर पहिला ब्याटिङ गरेको पीएनजी ३२ ओभरमा ९५ रनमा अलआउट भयो । उसका असाड भालाले सर्वाधिक २० रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ५, ललित राजवंशीले २,कुशल मल्लले २,सोमपाल कामीले १ विकेट हात पारे ।

नेपालले आज गुल्शन झालाई बेन्चमा राखेर करण केसीलाई खेलाईएको थियो ।यो जितसंगै नेपालले विश्वकप छनौट खेल्ने सम्भावना बलियो बनाएको छ ।नेपालले ३५ खेलबाट ३८ अंक जोडेर चौथो स्थानमा छ । विश्वकप छनौट खेल्न बाँकी रहेका एउटा खेल जित्नुपर्छ ।नेपालले उक्त खेल चैत २ गते युएईसंग खेल्नेछ । नेपालले विश्वकप लिगमा आफूलाई चौथो स्थानमा राखेकाले एक दिवसीय मान्यता जोगाइसकेको छ ।

 

तपाईको प्रतिक्रिया