Deneme Bonusu Veren Siteler
सोमबार, पौष १५, २०८१
Monday, December 30, 2024

टोकियो – भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले विदेशमा बस्ने नेपालीहरुलाई देशमा लगानी भित्र्याउन अपील गरेकी छिन् ।

बुधबार टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर दाहालले भरतपुर महानगरपालिकाको बिकास र समृद्धिका लागि आफु अहोरात्र खटिरहेको धारणा ब्यक्त गर्दै गएको पाँच वर्षमा भए-गरेका कार्यप्रगतिको मुल्याङ्कन गर्दै महानगरबासीले आफुलाई पुनः दोस्रोचोटी निर्वाचित गराएको बताईन् ।

उनले अगाडि भनिन् – ‘विगतका अधुरा कामहरु सम्पन्न गर्न र भरतपुर महानगरपालिकामा थप नयाँ मेघा प्रोजेक्टहरु सफलताका साथ सम्पन्न गरी देशकै एउटा नमूना र पर्यटकीय नगरीकोरुपमा बिकास गर्न इमान्दारीपूर्वक लाग्ने प्रतिबद्धता ब्यक्त गर्दछु । यस कार्यमा यहाँहरुको पनि रचनात्मक साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछु ।’

अर्को एक प्रसंगमा उनले भनिन् – ‘तपाईहरुजस्ता विदेशमा बस्ने नेपालीहरुले पनि बिदेशमा सिकेका सीप, अनुभव, दक्षता र लगानी भित्र्याई देशमा रोजगारी सिर्जना गर्ने, पर्यटन प्रबर्द्धन गर्ने र अर्थतन्त्रमा टेवा पुर्‍याउने कार्यमा सहयोग गर्न अनुरोध गर्दछु । अथाह संभावना नै संभावना भएको देशकै मुटु भरतपुर हरेक हिसाबले अति महत्वपूर्ण छ, त्यसकारण त्यहाँ अथाह संभावना छ । त्यहाँको विमानस्थल बिस्तार कार्य, ढल ब्यवस्थापन, पूर्वाधारका बाँकी कार्य, चुस्त र दुरुस्त सुशासन जस्ता जनताका दैनिकीसंग जोडिएका बिषयमा यस कार्यकालमा पनि देखिने गरी काम हुने यहाँहरु समक्ष बिश्वास दिलाउन चाहान्छु ।’

चितवन समाज जापानले आयोजना गरेको मेयर दाहालको स्वागत तथा भेटघाट कार्यक्रममा सो समाजका सल्लाहकारहरु ओम गुरुङ, भूषण घिमिरे, संस्थापक अध्यक्ष लोकनाथ वस्ती, समाजसेवी सरिता ढकाल, एनआरएन जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एनआरएन आइसीसी उपाध्यक्ष महेशकुमार श्रेष्ठ लगायतका ब्यक्तिहरुले पनि बोलेका थिए । कार्यक्रम समाजका अध्यक्ष राजनकुमार श्रेष्ठको सभापतित्वमा भएको थियो भने सञ्चालन महासचिव हरि पौडेलले गरेका थिए ।

कानागावा प्रिफेक्चरको योकोसुका सिटी र भरतपुरबीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रमका लागि मेयर दाहाल ५ दिने भ्रमणमा जापान आएको बताईएको छ । ***

तपाईको प्रतिक्रिया