मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – स्पेनको संसदले महिलालाई सशुल्क महिनावारी विदा दिने कानुनलाई अनुमोदन गरेको छ । यसको पक्षमा एक सय ८५ र विपक्षमा एक सय ५४ जना सांसदले मत हालेका थिए ।

कार्यालयमा महिनावारी विदा दिनेबारे कानुन पारित गर्ने यूरोपमै पहिलो देश भएको छ स्पेन । अब त्यहाँका महिलाहरूले महिनाको तीन दिन महिनावारी विदा पाउनेछन् ।

यो विदा आवश्यका परेमा पाँच दिनसम्म पनि लिन पाइने कानुनी व्यवस्था गरिएको छ । पाँच दिनसम्मको विदा लिन भने उनीहरूले आफ्नो अवस्थाबारे जाँच भएको चिकित्सकको कागजात पेश गर्नुपर्ने हुन्छ ।

यसरी ‘पेड लिभ’ दिनका लागि सरकारले आफ्नै समाजिक सुरक्षा कोषबाट रकम निकासाको पनि व्यवस्था गरेको छ ।

हालसम्म ऐसिया र अफ्रिकाका केही मुलुकहरू जस्तै जापान, ताइवान, इन्डोनेसिया, दक्षिण कोरिया र जाम्बियाले महिनावारी बिदा दिने नीतिगत निर्णय गरिसकेका छन् । यूरोपमा भने यस्तो किसिमको कानुन पारित गर्ने स्पेन पहिलो मुलुक बनेको हो ।

तपाईको प्रतिक्रिया