काठमाडौं – सुनसरीमा सशस्त्र प्रहरीले २ सय ५८ केजी गाँजा बोकेको गाडी बरामद गरेको छ । सशस्त्रले जिल्लाको हरिनगर गाउँपालिकाको भित्री सडकमा भारतीय नम्बर प्लेटको गाडी बरामद गरेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
बीआर १ एके ६१०० नम्बरको स्कारपियो गाडीमा २ सय ८५ किलो गाँजा बरामद गरिएको सशस्त्रले जनाएको छ । गाडीका चालकको खोजी कार्य जारी रहेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल बसन्तपुरले जाँच गर्दा भारतीय स्कोपिरियोमा रहेका सवारी चालक सो गाडी रोक्नेबित्तिकै भागेको जनाइएको छ ।
सशस्त्रका अनुसार उक्त गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त परिणामको गाँजा फेला परेको हो । बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।
प्रकाशित मिति: मंगलबार, फाल्गुण १६, २०७९
प्रकाशित समय: २२:३१:०८