आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – आयोजक दक्षिण अफ्रिका आठौँ संस्करणको आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ६ रनले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकप फाइनलमा प्रवेश गरेको हो ।

केपटाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १६५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो । अब आइतबार हुने फाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियाविरुद्ध खेल्ने छ । पहिलो सेमिफाइनलमा भारतलाई ५ रनले हराउँदै अष्ट्रेलियाले फाइनलमा स्थान बनाएको थियो ।

तपाईको प्रतिक्रिया