आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा कपको अन्तिम १६ मा प्रवेश गरेको छ। गएराति ओल्ड ट्राफोर्डमा सम्पन्न खेलले घरेलु टोली युनाइेडले स्पेनिस क्लब बार्सिलोनामाथि २-१ गोलअन्तरको जित निकालेको छ। योसँगै युनाइटेडले समग्रमा ४-३ गोलअन्तरको जित निकाल्दै अन्तिम १६ को यात्रा सुनिश्चित गर्‍यो। यसअघि पहिलो लेगको खेलमा युनाइटेड र बार्सिलोना २-२ गोलको बराबरीमा रोकिएका थिए।

गएराति सम्पन्न खेलमा १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अग्रता दिलाए। पहिलो हाफमा एक गोलले पछि परेको युनाइटेड दोस्रो हाफमा भने पुनरागमन गर्न सफल भयो। खेलको ४७ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै फ्रेडले खेल बराबरीमा ल्याए। त्यस्तै ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दा युनाइटेडले दोस्रो लेगको खेलमा २-१ गोलले जित निकालेक हो।

 

तपाईको प्रतिक्रिया