Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदाय तथा हिमाली जिल्लामा बसोबास गर्ने बौद्ध धर्मावलम्बीले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रम गरी मनाइँदैछ ।नयाँ वर्षका रूपमा शेर्पा समुदायले आज २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । ग्याल्पो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ ।मुसाबाट सुरु हुने वर्षहरू बराह वर्षमा पुगेर सकिन्छ । आजदेखि बाघ वर्ष समाप्त भई खरायोको वर्ष सुरु भएको छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् ।पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।    

तपाईको प्रतिक्रिया