आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेड र टोटेनहम विजयी भएका छन् । युनाइटेडले लेस्टर सिटीमाथि ३-० को शानदार जित हात पार्‍यो । युनाइटेडलाई महत्वपूर्ण जित दिलाउन मार्कस रासफोर्डले २ तथा जाडोन सान्चोले एक गोल गरे ।

जितसँगै तेस्रो स्थानमा रहेको युनाइटेडले २४ खेलबाट ४९ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५२ अंक छ । लेस्टर भने २४ अंकसहित १४ औँ स्थानमा छ ।

यता टोटेनहमले वेस्टहम युनाइटेडलाई २-० ले पाखा लगायो । टोटेनहमको जितमा इमर्सन रोयाल र सोन हेउङ्ग-मिनले एक-एक गोल गरे । जितसँगै २४ खेलबाट ४२ अंक जोडेको टोटेनहम चौथो स्थानमा उक्लिएको छ । वेस्टहम भने २० अंकसहित १८ औँ स्थानमा छ ।

 

तपाईको प्रतिक्रिया