आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा आठौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२३ गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मान्यता राखेर  स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल १० तारिख सोमबारका दिन टोकियोमा गर्ने भएको हो ।

प्रतियोगिता टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा गर्न लागेको महासचिव हिमाल कँडेलले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि क्लबले विगतदेखि नै निरन्तर रूपमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ । क्लबको २०२३ फेब्रुअरी १४ तारिख बसेको बैठकले कार्यक्रम मूल आयोजक समिति संयोजकको जिम्मेवारी कार्यसमिति अध्यक्ष डिलाराम निउरेलाई प्रदान गरेको छ ।

कोषाध्यक्ष रमेश कुमार खत्रीलाई आर्थिक संयोजक, खेल संयोजक गणेश खत्रीलाई खेल सामाग्री तथा खेलाडी व्यवस्थापन संयोजक,प्रचार प्रसार संयोजकमा महासचिव हिमाल कँडेल, स्वयंसेवक तथा अतिथि व्यवस्थापन संयोजक उपाध्यक्ष प्रकाश निउरे र हल व्यवस्थापनमा वरिष्ठ उपाध्यक्ष दुर्गा बहादुर खत्री लाई जिम्मेवारी बाँडफाँड गरी  तयारी अगाडि बढाइएको सचिव दिनेश थापाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३ लाख २९ हजार ९ सय  ९९ येन नगद, रनिंग सिल्भर कप ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद २ लाख २९ हजार ९ सय  ९९ येन नगद, ट्रफी, मेडल र प्रमाण(पत्र तथा सेमिफाइनलिष्ट दुई समूहलाई सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाणपत्र  प्रदान गरिने बताइएको छ । साथै प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटेर, बेष्ट डिफेण्डेर,  बेष्ट लिफ्टर र  बेष्ट कोचलाई सम्मान पत्रद्वारा सम्मान गरिने बताइएको छ ।

प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहन सक्ने र खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा सञ्चालन गरिनेछ । खेल टोकियोको कामाता स्पोर्ट्स सेन्टरमा बिहान ९ बजेदेखि खेल सञ्चालन हुने छ साथै खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ४० हजार येन तोकिएको छ ।

तपाईको प्रतिक्रिया