बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – नेपाल टी-२० लिगमा भएको भनिएको ‘स्पट फिक्सिङ’ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीका एसपी सञ्जय सिंह थापाका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो अनुसन्धान गरी तयार पारेको रिपोट सरकारी कार्यालयलाई बुझाएको हो ।

प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन्, बाँकी ७ जनालाई पक्राउ वा मुद्दा चलाउन सिआइबीले सरकार वकिलको कार्यालयलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ । उनका अनुसार १० जनालाई प्रतिवादी बनाइएको उक्त प्रतिवेदनमा तीन वर्ष कैद र ५० हजार जरिवाना हुनु पर्ने माग राखिएको छ ।

नेपाली टी-२० लिग गत पुस ९-२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा ‘स्पट फिक्सिङ’भएको खुले पछि ९सीआईबी० ले लामो अनुसन्धान गरेको थियो । जसका कारण नेपाल क्रिकेट संघ र उसको नेतृत्व विवादको घेरामा परेको छ ।

तपाईको प्रतिक्रिया