मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजति गर्दै विजयी शुरुवात गरेको हो ।

नामिबियाले दिएको २८६ रनको लक्ष्य पछाएको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा ठुलो रन चेज गरेर जित्दै नयाँ किर्तिमान समेत बनाएको छ ।

नेपालका लागि कुशल भुर्तेलले शानदार शतकीय पारी खेलेका थिए । कुशलले ११५ रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ७२, सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्लले २५, करण केसीले अविजित २०, दिपेन्द्र सिंह ऐरीले ७, कुशल मल्लले ६ रन र सोमपाल कामीले अविजित ४ रन बनाएका थिए । त्यस्तै ओपनर आसिफ सेख शुन्यमा आउट भएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ५० ओभरमा अल आउट हुदै २८५ रन बनाएको थियो । नामिबियाका लागि माइकल भान लिनजेनले शानदार १३३ रन बनाएका थिए । आफ्नो क्यारियरको तेस्रो एकदिवसीय शतक बनाएका लिनजेनले १३७ बल खेल्दै १३३ रन बनाएका थिए ।

त्यस्तै नामिबियाका लागि कप्तान गेर्हार्ड एरासमसले ५६ रन बनाए भने लो हान्डरे लोउवेर्न्सले ५, कार्ल ब्रिकेंस्टकले १३, जान निकोलले ८, जान फ्राइलिंकले १३, पिक्की या फ्रान्सले २, रुबेन ट्रम्पेलम्यानले ११ र जेन ग्रिनले ३४ रन बनाएका थिए ।

घरेलु मैदानमा नेपाली बलर भने त्यति प्रभावशाली बन्न सकेका थिएनन् । करण केसीले ५ विकेट लिएका थिए भने सन्दीप लामिछानेले ३ विकेट लिए । करणले १० ओभरमा ६१ रन दिएर ५ विकेट लिए भने सन्दीपले १० ओभरमा ६६ रन दिएर ३ विकेट लिएका थिए । सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया