मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई २८६ लक्ष्य दिएको छ । नामिबियाले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको हो ।

नामिबियाका माइकल भानले १३३ रन बनाएर आफ्नो टिमलाई उच्च स्कोरमा पुर्‍याउन सफल भए । नेपालका लागि करण केसी एक्लैले ५ विकेट र सन्दीप लामिछानेले ३ विकेट लिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजदेखि सुरु आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।

नेपालले आफ्नो दोस्रो खेल स्कटल्यान्डसँग फागुन ५ गते खेल्नेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर अंकतालिकाको छैटौँ स्थानमा रहेको छ । यता नामिबिया ३० खेलमा ३७ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।

यसैगरी, स्कटल्यान्ड ३२ खेलमा ४६ अंकसहित शीर्ष स्थानमा छ भने ओमान ३६ खेलमा ४४ अंकसहित दोस्रो स्थानमा छ । ३६ खेलमा ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा भने पाँचौँ स्थानको युएईको २६ खेलमा २७ अंक छ । सातौँ स्थानको पपुवान्युगिनीको २८ खेलमा पाँच अंक छ ।

तपाईको प्रतिक्रिया