काठमाडौं – नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका जान जोसे डी ब्रान्ट नियुक्त भएका छन् । उनलाई ६ महिनाका लागि नियुक्त गरिएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
ब्रान्ट चैतको पहिलो हप्ता नेपाल आउनेछन् र अगस्टसम्म प्रशिक्षण दिनेछन् । ब्रान्टले आवश्यकताअनुसार महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिने नेपाल भलिबल सङ्घले जनाएको छ । ब्रान्टलाई मुख्य प्रशिक्षक बनाउन अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआईभीभी)ले सहयोग गरेको छ ।
उनलाई तलब एफआईभीभीले दिनेछ, खान र बस्नलाई राखेपले सहयोग गर्नेछ भने यातायात लगायतको सुविधा भलिबल सङ्घले बेहोर्नेछ । डी ब्रान्टले यसअघि बेल्जियम र हङ्गेरीको राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् ।
प्रकाशित मिति: सोमबार, फाल्गुण ०१, २०७९
प्रकाशित समय: २०:४७:२८