मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – दक्षिण अफ्रिकामा जारी महिला टी–२० विश्वकपको पहिलो खेलमा श्रीलंकाले आयोजक टोलीलाई ३ रनले पराजित गरेको छ । समूह ‘ए’ को रोमाञ्चक खेलमा श्रीलंकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १२९ रन बनायो ।

दक्षिण अफ्रिकी टोलीलाई जितका लागि १३० रन आवश्यक भएकोमा नौ विकेट गुमाएर उसले मात्रै १२६ रन जोड्न सक्यो । १० फेब्रुअरीदेखि २६ फेब्रुअरीसम्म चल्ने यस विश्वकपमा विश्वका १० टोलीको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया