काठमाडौं – किशोरी बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको काठमाडौँ जिल्ला अदालतको पेशी पुनः स्थगित भएको छ । जाहेरीकर्ताले नै आजका लागि तय भएको पेशी स्थगित गरेका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
सन्दीपको मुद्दा न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासमा परेको थियो । उनको मुद्दा छैटौँ नम्बरमा रहे पनि जाहेरीकर्ताका वकिलले स्थगित गरेका हुन् । स्रोतका अनुसार पाटन उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट परेपछि सर्वोच्चको आदेश पर्खनका लागि मुद्दा स्थगित गरिएको हो ।
सन्दीपको मुद्दाको अन्तिम फैसला हुन भने बाँकी छ। सन्दीपले पुनरावेदन गरेपछि पाटन उच्च अदालते उनलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा छाडेको थियो । सन्दीप धरौटीमा छुटेसँगै क्यानले पनि उनीमाथिको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिमको क्लोज क्याम्पमा राखेको छ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९
प्रकाशित समय: १८:०९:३३