काठमाडौं – ईङलिश प्रिमियर लिगअन्तर्गत एभर्टनले आर्सनललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा एभर्टनले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
एभर्टनको जितमा खेलको ६०औं मिनेटमा जेम्स टार्कोस्कीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि एभर्टनको २१ खेलमा १८ अंक भएको छ र लिगमा १७औं स्थानमा उक्लिएको छ ।
एभर्टनले आफ्नो दशौँ खेलमा पहिलो जित हासिल गरेको छ । यस सिजनमा खराब प्रदर्शन गरेपछि अघिल्लो साता एभर्टनले आफ्ना प्रशिक्षक फ्र्यांक लाम्पार्डलाई बर्खास्त गरेको थियो । लाम्पार्डलाई बर्खास्त गरेपछि एभर्टनले सीन डीचेलाई नयाँ प्रशिक्षक बनाएको थियो ।
हारपछि आर्सनलको २० खेलमा ५० अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ५ अंकले अगाडी रहेको छ ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९
प्रकाशित समय: ७:२५:५७