Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – आफूले उत्पादन गरेको तरकारी नबिकेपछि चितवनका किसानले सडकमा फ्याँकेका छन् । उत्पादनले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आफूले हरेक दुःख झेलेर उत्पादन गरेका टमाटर, फर्सी, बन्दा, काउली, घिउसिमीलगायतका तरकारी बिक्री नभएपछि किसानहरुले आज नारायणगढको पुल्चोकमा विरोधस्वरूप पोखेका हुन् । नारायणघाटको पुल्चोकमा तरकारी फालेर उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बारीमै कुहिने अवस्थामा पुग्दा पनि बजारीकरणको लागि सरकारले कुनै पहल नगरेको उनीहरूको आरोप छ । चितवनसहित देशैभर नेपाली किसानले उत्पादन गरेका तरकारी नबिक्दा भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसान संघर्ष समितिका संयोजक लेखनाथ भुसालले आक्रोश पोखे ।

भारतीय उत्पादनबाट आफूहरू मार परेको उनीहरूले गुनासो गरेका छन् । भरतपुर महानगर–१६ कि किसान धनु अधिकारीले भारतको तरकारी भित्र्याएर सरकारले आफूमाथि अन्याय गरेको आरोप लगाइन् । आफूहरूको समस्यामा सरकार मुकदर्शक भएको बताउँदै तराकारी फालेर विरोध गरेको बताइन् । किसानले सडकमा तरकारी फालेपछि केहीबेर यातायात समेत अवरुद्ध भएको थियो ।

तपाईको प्रतिक्रिया