Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । नावालिका बलात्कार मुद्दामा उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेसँगै क्यानको पोखरामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । उनी २०७८ मंसिर २९ मा उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएका थिए ।

नावालिका बलात्कारको आरोपमा उनीविरुद्ध जाहेरी परेपछि गत २३ भदौमा क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकोमा सन्दीपले उच्च अदालत पाटनले दिएको निवेदनमा उच्चले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । यसैबीच, उच्चको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ । सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश बदर गरेर थुनामै मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च पुगेको हो ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया