शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ – इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले सहज जित निकालेको छन् । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोलले हरायो । अर्को खेलमा चेल्सीले बर्नमाउथलाई २–० गोलले स्तब्ध बनायो ।

एकपक्षीय खेलमा पहिलो हाफमा दुई गोल गरेको युनाइटेडले दोस्रो हाफमा एक गोल थपेको थियो । युनाइटेडलाई जिताउन मार्कस रासफोर्डले १९औं, एन्थोनी मार्सियलले २२औं र फ्रेडले ८७औं मिनेटमा गोल गरे । जितसँगै युनाइटेड पाँचैं स्थानमा उक्लिएको छ । युनाइटेडको १५ खेलबाट २९ अंक छ । पराजित नटिङघक १३ अंकसहित १९औं स्थानमा छ ।

यसैगरी चेल्सीको जितमा काई हाभर्टजले १६औं र मासन माउन्टले २४औं मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै आठौं स्थानमा रहेको चेल्सीको १५ खेलबाट २४ अंक छ । पराजित बर्नमाउथ १६ अंकसहित १४औं स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलले ४० अंक बनाएको छ ।

तपाईको प्रतिक्रिया