काठमाडौँ – रिसमा मानिसको दिमाग फुट्न थाल्छ भनेको सुन्नुभएको होला तर यसको वास्तविकता योभन्दा पनि निकै खतरनाक छ । रिसले सम्पूर्ण शरीरलाई रोगी बनाउँछ । यसले दिमागलाई मात्र होइन मुटु र पेटलाई पनि बिगार्छ । यसले दीर्घकालीन रोगहरूलाई जन्म दिन्छ ।
बाल्टिमोरको जोन हप्किन्स अस्पतालका कार्डियोलोजिस्ट डा. इलान शोर विटस्टेन भन्छन्, ‘रिस वा निराशाले शरीरको न्युरोहर्मोनल प्रणालीमा धेरै दबाब दिन्छ, जसले आपतकालीन अवस्था निम्त्याउन सक्छ । यो लामो समयसम्म रहिरहे मानिसको मृत्युसमेत पनि हुनसक्छ । क्रोधले हाम्रो हृदय प्रणालीदेखि हाम्रो स्नायु प्रणालीसम्म सबैलाई असर गर्छ । रिसले शरीरको हरेक अंगलाई असर गर्छ
रिसले मुटुमा असर गर्छ
ब्रोकन हार्ट सिन्ड्रोमका विशेषज्ञ डा. विटस्टेन भन्छन्, ‘रिसले धमनीलाई साँघुरो पार्छ । यदि पहिले नै उच्च रक्तचाप वा उच्च कोलेस्ट्रोल जस्ता हृदय रोग छ भने, हृदयघात हुन सक्छ । ’ डा. विटस्टेन थप्छन्, ‘रिसले रक्तचाप बढाउँछ, नसा खुम्चिनुका साथै प्रतिरोधी क्षमताबाट पचाउने खालको सेल निस्कन्छ । यो सबै एकैपटक हुन्छ । यसले धमनीहरु अवरुद्ध हुन्छन् ।’
दिमागले निर्णय लिन सक्दैन
रिसमा दिमागले सही निर्णय लिन सक्दैन । युनिभर्सिटी अफ शिकागोका मनोरोग तथा बिहेवियरल न्युरोसाइन्सका प्राध्यापक डाक्टर रोयसे ली भन्छन्, ‘कुनै खास कारणले उत्तेजित हुँदा दिमाग केही गरेर देखाउनका लागि पनि प्रेरित हुन्छ । मानिसले रिसमा त्यो कुरा भन्छ र गर्छ जुन उसलाई मन पर्दैन । रिसमा स्मरणशक्ति कमजोर हुन्छ । कुनै कुरामा ध्यान केन्द्रीत हुन पाउँदैन ।’
पेटको समस्या
भावना र पेटको नजिकको सम्बन्ध छ । रिसका कारण ग्यास्ट्रोको समस्या हुन थाल्छ । खाना पच्दैन । कब्जियत हुन थाल्छ । डाक्टर एटिनजिन भन्छन्, ‘रिसमा पेटको मांसपेशी बढी सक्रिय हुने गर्छ । कतिपटक आन्द्रा आफ्नो स्थानबाट हट्ने गर्छ । यसले झाडासमेत हुनसक्छ । कतिपटक रिसका कारण पेट बटारिन पनि थाल्छ । कतिपटक भोक लाग्नसमेत बन्द हुन्छ ।
आफूलाई फिट राख्नुहोस् र पर्याप्त सुत्नुहोस्
डा. विलियम बर्ग, क्लिनिकल मनोवैज्ञानिक र येल स्कूल अफ मेडिसिनका प्रोफेसर भन्छन्, ‘रिसलाई रोक्न सधैँ सम्भव हुँदैन, तर हामी यसलाई कम गर्न सक्छौँ । ध्यान, प्राणायाम गरेर आफूलाई फिट राख्नुहोस् र पर्याप्त निद्रा लिनुहोस् । यसले रिस नियन्त्रणमा रहनेछ ।