आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौँ – विश्व विजेता कप्तान लियोनेल मेस्सीको तस्बिर अर्जेन्टिनाको नोटमा राख्ने तयारी गरिएको छ । एल फाइनासिएरो पत्रिका अनुसार दक्षिण अमेरिकी राष्ट्रको वित्तीय नियामक निकायले राष्ट्रका नायकको तस्बिर राखेर नयाँ नोट छाप्ने तयारी गरेको हो ।

सन् १९७८ मा अर्जेन्टिनाले पहिलोपटक विश्वकप जित्दा अर्जेन्टिनाको केन्द्रीय बैंकले त्यस जीतलाई दर्साउने सिक्का जारी गरेको थियो । पत्रिकाका अनुसार मेस्सीले नम्बर १० को जर्सी लगाउने हुँदा १ हजार पेसोमा उनको तस्बिर राख्ने बारेमा छलफल गरिएको छ ।

कतारमा आयोजित विश्वकपमा अर्जेन्टिनाले फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराएको थियो । फाइनलमा मेस्सीले दुई गोल गरेका थिए भने पेनाल्टी सुटआउट पनि गोल गरेका थिए । हाल मेस्सीले अर्जेन्टिनामा जीतको खुसीयाली मनाइरहेका छन् ।

तपाईको प्रतिक्रिया