बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टोकियो – युवा बक्सर प्रचण्ड केसीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्‌ । जापानमा व्यावसायिक बक्सरको रूपमा परिचय स्थापित गर्दै आएका केसीले ५२.१ केजी तौल समूहमा नयाँ कीर्तिमान बनाएका हुन्‌ ।जापानको ताचिकावा डोमीमा आइतबार भएको एक व्यावसायिक बक्सिङ प्रतियोगितामा जापानी खेलाडीलाई हराउँदै २७ वर्षीय केसीले नेपालको तर्फबाट पहिलो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त ‘ए’ ग्रेडको प्रो बक्सिङ खेलाडीको मान्यता समेत पाएका छन्‌ । जापानी बक्सरसँग ५२.१ केजी तौल समूहको ‘सुपर फाइट वेट’अन्तर्गत छैटौँ चरणमा जित निकालेसँगै केसीले बि ग्रेडबाट ‘ए’ ग्रेडको लाइसेन्स प्राप्त गरेका हुन्‌ ।

जापानमा यसअघि समेत एक दर्जन बढी व्यावसायिक बक्सिङ प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका केसी व्यक्तिगत प्रयास र खर्चमै तालिमसहित प्रतिस्पर्धाहरूमा सहभागी हुँदै आएका छन्‌ । खेलमा विजयी भएसँगै प्रचण्डले आफूलाई साथ दिई हौसला प्रदान गर्ने सबै जापानवासी नेपालीमा धन्यवाद व्यक्त गरे । साथै उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया