Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

काठमाडौँ – डेङ्गु रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या ४२ हजार सात पुगेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने उक्त रोग बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि यति असर परेको हो ।

डेङ्गुबाट प्रभावित हुनेमा सबैभन्दा बढी काठमाडौँ र सबैभन्दा कम रसुवा जिल्ला रहेको पाइएको छ । काठमाडौँ जिल्लामा ११ हजार एक सय २७ डेङ्गुका बिरामी फेला परेका छन् भने रसुवाका ११ मा मात्र डेङ्गुका बिरामी फेला परेका छन् ।

डेङ्गुको सङ्क्रमणबाट ललितपुरमा नौ हजार छ सय तीन,मकवानपुरमा पाँच हजार आठ सय २२, भक्तपुरमा एक हजार एक सय २४, चितवनमा तीन हजार एक सय ५९, धादिङमा एक हजार छ सय ४५, काभ्रेमा पाँच सय ३६, रामेछापमा दुई सय ३४, सिन्धुपाल्चोकमा दुई सय नौ, नुवाकोटमा, दुई सय ७३, सिन्धुलीमा एक सय ७० र दोलखा जिल्लामा एक सय चार जना बिरामी भएको बुझिएको छ । साथै प्रदेशमा हालसम्म डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया