बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – पश्चिमी जापानको यामागुची प्रिफेक्चरका पाँच सहरका मेयरहरू एकै पटक कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विभिन्न जापानी संचार माध्यमहरु अनुसार त्यी पाँचै जना मेयरहरूले टोकियोमा सँगै खाना खाएका थिए ।

संक्रमित मेयरहरुमा वाकी सहरका मासाकी योनेमोतो, खामिनोसेकीका तेत्सुवो निसी, ताबुसेका कोजी हिगासी, हिरावोका कुनिहिरो असामोतो र आबु सहरका नोरिहिको हानाडा रहेका छन् । उनीहरुमा बिमारको हल्का लक्षणहरु देखिएको र आ-आफ्नो घरमा आइसोलेसनमा बसिरहेको जनाइएको छ ।

उनीहरु नोभेम्बर १७ मा नेशनल एसोसिएसन अफ टाउन्स एन्ड भिलेज्सद्वारा होटलमा आयोजित मेयरहरूको सम्मेलनको लागि नोभेम्बरको मध्यमा टोकियो भ्रमणमा आएका थिए । र सो वार्षिक कार्यक्रमपछि सँगै खाना खाएका थिए ।

सो कार्यक्रममा २०२० र २०२१ मा कोरोनाभाइरस महामारीका कारण रद्ध भएको थियो र यसपालिको कार्यक्रममा देशभरका करिब ९०० मेयरहरूको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया