सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – बागमती प्रदेशमा लामखट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा मात्र २१ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेशको १३ जिल्लामध्ये यो रोगको सङ्क्रमणबाट काठमाडौं सबैभन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा कम प्रभावित भएको निर्देशनालयले जनाएको छ ।काठमाडौंमा ११ हजार चार सय ६७ र रसुवामा सात जना यो रोगबाट सङ्क्रमित भएको जनाइएको छ ।

निर्देशनालयका अनुसार ललितपुरमा आठ हजार १५, मकवानपुरमा तीन हजार ६ सय चार, भक्तपुरमा दुई हजार एक सय आठ, चितवनमा एक हजार एक सय ६९, धादिङमा ६ सय ३८, काभे्रमा दुई सय १५, नुवाकोटमा एक सय ३१, सिन्धुलीमा एक सय १३, रामेछापमा एक सय २५, सिन्धुपाल्चोकमा ९९ र दोलखामा ६९ जनामा डेङ्गु रोगको सङ्क्रमण पृष्टि भएको बताइएको छ ।

त्यस्तै प्रदेशमा हालसम्म यो रोगको सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको निर्देशनालयका विवरणमा रहेको छ ।   डेंगुका कारण काठमाडौंमा सात, सिन्धुली र रामेछाप तीन/तीन, ललितपुर, मकवानपुर र चितवनमा दुई/दुई, भक्तपुर तथा धादिङमा एक/एकजनाको मृत्यु भएको छ ।

 

तपाईको प्रतिक्रिया