आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – अब नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय उडानमा अनलाइन बुकिङ गर्न सकिने भएको छ । वायुसेवा निगमको वेबसाइटमार्फत नै अनलाइन टिकट काट्न सकिने भएको हो ।

निगमकी प्रवक्ता अर्चना खड्काले घटस्थापनाको दिनदेखि अनलाइनबाट बुकिङ गर्न सकिने व्यवस्था गरेको जानकारी दिइन् । ‘निगमले उडान गर्ने जुनसुकै गन्तव्यमा अनलाइनबाट टिकट काट्न सकिन्छ’, खड्काले भनिन्, ‘नेपालएयरलाइन्स डटकम डट एनपीबाट अनलाइन टिकट बुकिङ गर्न सकिन्छ ।’

निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुवई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको  छ। यस सेवामार्फत संसारभरका यात्रुहरुलाई निगमको टिकट खरिदमा सहजता हुने निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया