Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

सयौँ वर्षदेखि कता हराएकी थियौ तिमी
भनेको त,
तिम्रो पनि अनौठो सोख रैछ प्यारी !
सिनेमा नै हेर्न मन लागेको भए
म तिम्रो नाममा सरकारलाई बिन्ती पत्र लेखि दिन्थेँ ।

सानु,
यसरी तिमी भूमिगत त नहुनु पर्ने थियो ।
सिनेमा हेर्न जाँदा तिमीलाई बन्धक पो बनाएछन् कि ?
अपहरणमा परेकी भए मलाई सुटुक्क चिट्ठी लेखेकी भए हुन्थ्यो

कठै बर !!
कति निसास्सियौ होला !
जिउँदै गाडेका रहेछन् तिमीलाई,
यी मानवरूपी दानवहरूले जमिनमुनि
गाडे पनि, तिमी त अझै जीवित रहिछौ

स्याबास !!
प्यारी आजैबाट
अन्याय र अत्याचार विरुद्ध लडिदिन्छु ।
रोइरोई बाँच्नु पर्दैन अब तिमीले
मेरो भाइ बालेन्द्रलाई पठाएकी छु मैले,
तिम्रो उद्धार गर्न !
अब एकैछिन सहूँ माया !
तिम्रो जित नजिकै आउँदैछ
यी अत्याचारीहरूको विरुद्धमा
तिम्रो पूर्जिवनको लागि
मैले खटाई सकेको छु,डोजर र साबेल ।
परीआए खुँडा र खुकुरी समेत लिई लड्नलाई!अब एकैछिन धैर्य गर माया
तिम्रो रूप फेरिदिन्छु म


तिमी फेरि टुकु-चाको वास्तविक स्वरूपमा आउनेछौ ।
धन्य टुकुचा धन्य !
तिमी जीवित नै रहिछौ
आज मन अत्यन्त खुसी छ!
तिमीले फेरि सास फेर्न पाएको सुन्दा
तिम्रो जीर्ण तन देख्दा
भक्कानिएर रोएँ म एकैछिन त
अश्रुधारी बगिरहेका छन्।
तिमीलाई जिउँदै मार्न खोजेको देख्दा
तिम्रो सर्वस्वहरण गरेको देख्दा !

अब तिमी होइन,
तिनीहरू नै निसास्सिएर मर्ने छन् !
तड्पितड्पी मर्ने छन् !
आत्महत्या गरेर मर्ने छन् !
तिम्रा अपराधीहरू ।
अब मर्ने पालो तिम्रो होइन
तिनीहरूको हो ।
म जस्तै तिम्रा पुजारीहरूले भने
तिम्रो पूजाअर्चना गर्ने छन् !
तिनीहरूले भने आत्महत्या गर्नेछन् ।
आत्महत्या गर्नेछन् !!

  • गृष्मा पौड्याल
    टोकियो जापान
तपाईको प्रतिक्रिया