शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – आँचल शर्मासहितको अभिनय रहेको चलचित्र झिँगे दाउ प्रदर्शनरत छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको झिँगे दाउकी नायिका आँचल शर्मा सोमबार चितवनका हलमा पुगेकी छन् ।चितवनका जलमा र इन्द्रदेव हलमा पुग्दा नायिका आँचललाई दर्शकले घेरा हालेका थिए । उनीसँग तस्बिर खिचाउन दर्शकको तँछाडमछाड नै चलेको थियो ।चितवनका दुवै हलमा झिँगे दाउको शो हाउस फुल भएको नायिका आँचलले जानकारी दिइन् । दर्शकको सकारात्मक प्रतिक्रिया पाएको जानकारी दिएकी उनले दर्शकको माया र सद्भावले नतमस्तक भएको प्रक्रिया दिइन् ।हलमा नायिका आँचललाई देखेपछि दर्शकले सेल्फी लिन घेरा हालेका थिए । उनीसँग तस्बिर लिन वृद्धदेखि बालकसम्म झुम्मिएका थिए । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र झिँगे दाउमा आँचलसहित केकी अधिकारी, मुकुन भुसाललगायत कलाकारको अभिनय छ ।

तपाईको प्रतिक्रिया