मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौं पाँचौं तथा अन्तिम टी-२० क्रिकेटमा नेपालले केन्यालाई १ सय ७६ रनको विजय लक्ष्य दिएको छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको हो । पाँच खेलको श्रृखंला २–२ को बराबरी अवस्थामा रहेकाले सिरिज कब्जा गर्न नेपाल यो खेल जित्नैपर्ने दबाबमा छ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले। उनले ४४ बलमा ५ चौका र २ छक्काको सहायतामा ५९ रन बनाए। रोहित पौडेल ४७ रनमा आउट भए । उनले २५ बलमा ७ चौका प्रहार गरेका थिए ।

अर्जुन साउदले २९, दीपेन्द्र सिंह ऐरीले २२,अदिल अन्सारीले ४, विवेक यादवले २ तथा पवन सर्राफ १ रन बनाउँदा करन केसीले २ रनमा नटआउट रहे। अब केहीबेरमा केन्याले जवाफी ब्याटिङ सुरु गर्नेछ।

पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै नेपाललाई १८ रनले हराएको थियो। यस्तै, तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो भने चौथो खेलमा नेपाललाई केन्याले ७ रनले हरायो ।

टी–ट्वेन्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ। एकदिवसीय खेल भदौ १७ गते सुरु हुनेछ ।

 

तपाईको प्रतिक्रिया