Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अनलाइन टाइपिङको जागिरमा लगाइदिने आश्वासन दिएर बालबालिकाहरूलाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका-६ की १९ वर्षीया अञ्जली अधिकारी रहेकी छन् । उनी काठमाडौंमा गोकर्णेश्वरस्थित माकलबारीमा बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार उनले सुरुमा आर्थिकरूपमा कमजोर परिवारका बालबालिकालाई आर्थिक प्रलोभनमा पारेर अनलाइन टाइपिङको रोजगारी उपलब्ध गराइदिने बताउँथिइन् । त्यसपछि अश्लील क्रियाकलाप हुने प्लेटर्फमका अकाउन्टहरूबाट लाइभ भिडियो च्याटमा ग्राहकहरूसँग बालबालिकालाई कुरा गर्न लगाउँथिइन् ।

उनले बढी आम्दानीका लागि टोकन कमाउनुपर्ने र त्यसका लागि यौनाङ्ग प्रर्दशन गर्नुपर्ने बताएर बालबालिकालाई अश्लील सामग्री निर्माणमा प्रयोग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनलाई विशेष सूचनाका आधारमा प्रहरीले आइतबार पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एक थान मोबाइल, एक थान ल्यापटप, एक थान वेब क्यामेरा र चार थान पारदर्शी कपडा बरामद गरेको छ ।

उनीविरुद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुरमा आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया