Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो समूहका तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ का ४६ वर्षीय विष्णुबहादुर बराली र सोही ठाउँका ४८ वर्षीय जंगबहादुर बिक रहेका छन् । उनीहरूलाई सोमबार कञ्चनपुर गड्डा चौकीनजिक लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

प्रतिव्यक्ति चार लाखभन्दा बढी रकम तलब हुने भन्दै उनीहरूले अमेरिकाका लागि प्रतिव्यक्ति ४० देखि ५० लाख रकम संकलन गरेको पाइएको छ । क्यानडाको लागि उनीहरूले २२ देखि ३० लाख रुपैयाँसम्म उठाउँथे । अमेरिका र क्यानडा पठाइदिने भन्दै गिरोहले १० जना पीडितबाट ५ करोड ५० लाख रुपैयाँ रकम लिएको खुलेको छ ।

यी तिनै जना नयाँदिल्लीमा बसेर संगठित रुपमा मानव तस्करी गर्ने गर्थे । उनीहरूले नेपालमा टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई एजेन्टको रूपमा राख्ने गरेका थिए । शेर्पात्रयलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । अमेरिका लैजाँदा उनीहरूले दुबई ट्रान्जिट बनाउने गर्ने । त्यहाँबाट केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसेर ६ देखि ९ महिनासम्म पीडितलाई अलपत्र पारेर राखेको पाइएको भट्टराईले बताए । ‘केन्या र युगान्डामा सम्बन्धित देशको नागरिकसमेतलाई एजेन्ट राख्ने गरेको अनुसन्धानमा खुलेको छ,’ भट्टराईले भने ।

अमेरिका पुर्‍याउन ब्राजिल, कोलोम्बिया, मेक्सिकोमध्ये कुनै एउटा रुट प्रयोग गर्ने गरेको खुलेको छ । तामाङ, बराल र विक दिल्लीको पहाडगञ्जस्थित होटलमा बस्ने गर्थे । ‘उनीहरूले पीडितहरू अमेरिका प्रवेशलगत्तै जेलमा पर्ने र आफ्ना मानिसहरूले कानुनी व्यवसायी प्रयोग गरी जेलमुक्त गरेर रोजगारीमा लगाउने भन्दै पहिले नै विश्वासमा पार्ने गरेको थाहा भएको छ,’ भट्टराईले भने ।

पक्राउ परेका तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

तपाईको प्रतिक्रिया