मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारत फुटबल संघ (एआइएफएफ लाई गरेको निलम्बन हटाएको छ । सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नगरेपछि भारतको सर्वोच्च अदालतले तत्कालिन अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाएको थियो ।

एआइएफएफको जिम्मेवारी तीन सदस्यीय कमिटीलाई दिएको थियो । तर अहिले भने भारतलाई फिफाले गरेको निलम्बन हटाएको छ । यसँगै अक्टोबर ११ देखी ३० सम्म आयोजना हुने भनिएको यु १७ महिला विश्वकप भारतले पनि खेल्न पाउने भएको छ ।

तपाईको प्रतिक्रिया