बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले मंन्कीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ। संक्रमितहरुको संख्या अमेरिकाभर बढ्दै गएपछि जनस्वास्थ्य संकटकाल घोषणा गरेको हो। यसअघि विभिन्न राज्य र सिटीहरुले मङकीपक्स संकटकाल घोषणा गरे पनि राष्ट्रिय संकटकाल भने घोषणा गरिएको थिएन।स्वास्थ्य र मानव सेवा विभागसँगको छलफलपछि अमेरिकी सरकारले यस्तो घोषणा गरेको हो।  संकटकाल घोषणापछि संघीय स्वास्थ्य अधिकारीहरुले यो रोगविरुद्ध मापदण्डहरुलाई तीब्र पार्नेछन्।

मंकिपक्सविरूद्ध लड्न थप जनशक्ति परिचालन गर्नुका साथै तथ्याङ्क संकलनका लागि संकटकाल घोषणा गरिएको वाइडेन प्रशासनले जनाएको छ। यसैबीच हरेक अमेरिकीलाई मंकीपक्स रोगलाई गम्भीर रूपमा लिन र भाइरससँग लड्न सहयोग र जिम्मेवारी बन्न हेल्थ एण्ड ह्यूमन सर्विस सेक्रेटरी जेवियर बेसेराले आग्रह गरेका छन्।तत्काल तीन महिनाका लागि घोषणा गरिएको जनस्वास्थ्य संकटकाल यसको अवस्था हेरेर थप विस्तार गर्न सकिने बताइएको छ। अमेरिकामा मेको मध्यमा मंकीपक्सको पहिलो संक्रमण पत्ता लागेको थियो। त्यसयता अमेरिकामा ६ हजार ६ सयभन्दा धेरै पुष्टी भएका र सम्भावित संक्रमणहरु भेटिएका छन्।

तपाईको प्रतिक्रिया