Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – कोपा अमेरिका फेमेनिनाको उपाधि ब्राजिलले जितेको छ । आयोजक कोलम्वियालाई पराजित गर्दै ब्राजिल लगातार चौथोपटक च्याम्पियन बनेको हो । घरेलु टोली कोलम्वियालाई १–० ले पराजित गर्दै ब्राजिल सर्वाधिक ८ पटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको हो । ब्राजिल लगातार नवौपटक फाइनलमा प्रवेश गर्दा आठपटक च्याम्पियन बनेको छ । ब्राजिल पाँचौं संस्करणमा अर्जेन्टिनासँग पराजित भएको थियो ।

कोलम्वियास्थित स्टेडियो अलफन्सो लोपेजमा आइतबार बिहान भएको फाइनलमा ब्राजिलको जितमा डेविन्हाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३९औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेकी थिइन् ।

घरेलु टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि त्यसपछि थप गोल निस्कन नसक्दा ब्राजिल पहिलो हाफको पेनाल्टी गोलले च्याम्पियन बन्न सफल भयो । ब्राजिल अपराजित र एक गोल पनि नखाई च्याम्पियन बनेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया