बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – जापानले कोभिडको सातौँं लहरले देशव्यापी प्रभाव पारेको जनाएको छ । कोभिड संक्रमितको दर उच्च बन्दै गएपछि जापानको यो भनाइ आएको हो ।

पछिल्लो २४ घण्टामा २ लाख ९७५ थप व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी टोकियोमा पनि संक्रमण बढिरहेको छ, शनिबार ३२ हजार ६९८ जनामा संक्रमण पसष्टि भएको छ । यो दिन देशभर ७२ जनाको कोभिडका कारण मृत्यु भएको छ ।

कोभिडको अत्यधिक सर्नसक्ने क्षमता रहेको मानिएको बीए-५ ओमिक्रोन भेरियन्टले संक्रमण दरलाई उच्च बनाएको जनाइएको छ । सरकारी अधिकारीले राजधानीका बासिन्दाहरूलाई बुस्टर डोज लिन र अन्य एन्टिभाइरल उपाय अपनाउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया