मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – यही साउन महिनाभित्रै ‘मेरो सेयर’को मोबाइल एप अब आइफोनसहित सबैखाले आईओएस मोबाइल प्रयोगकर्ताले पनि डाउनलोड गरी सेवा लिन पाउने भएका छन् । सीडीएससीले २०७७ साल आसोज पहिलो सातादेखि एन्ड्रोइड मोबाइलमा चल्ने गरी ‘मेरो सेयर’ एपको सुरुआत गरेको थियो । ‘आईओएस मोबाइलमा पनि यो एप चलाउन मिल्ने गरी धमाधम काम भइरहेको सीडीएससीले जनाएको छ ।

यो एप एफवान सफ्ट कम्पनीले बनाएको हो । यस्तो एपबाट लगानीकर्ताले सेयर विवरण, आफ्नो सेयरको पोर्टफोलियो, आईपीओ, एफपीओ, भारित औसत लागत गणना तथा ईडीआएसको सुविधा लिन सक्ने व्यवस्था गरिएको छ । पछिल्लो समय पुँजीबजारको विस्तार हुँदै जाँदा मेरो सेयरमा आबद्ध लगानीकर्ताको संख्य ४४ लाख १ हजार ५७ जना पुगेका छन् ।

तपाईको प्रतिक्रिया